काठमाडौं– नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष बद्री सिग्देल अन्तर्राष्ट्रिय पत्रकार महासंघ (आईएफजे)को कार्यकारी समिति सदस्यमा निर्वाचित भएका छन् ।
ओमानको राजधानी मस्कटमा जारी अन्तर्राष्ट्रिय पत्रकार महासंघको वर्ल्ड कंग्रेसबाट सिग्देल कार्यसमिति सदस्यमा निर्वाचित भएका हुन् । भेलामा सहभागी नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले सिग्देल निर्वाचित भएको जानकारी दिए ।
एसिया प्यासिफिकअन्तर्गत दक्षिण एसियाको प्रतिनिधित्व गर्दै सिग्देल आईएफजेको कार्यकारी समिति सदस्यमा निर्वाचित भएका हुन् ।