वर्षा र आमाका यादहरु
वर्षा लाग्छ,
आमाको याद धेरै आँउछ,
अनी आँखाभरी मनसुन छाँउछ ।
एकतमासे झरी,
भ्यागुता र झ्याँउकिरीका माधक संगीत,
स्कुलको लामो बिदा,
आह! त्यो पानीमा रुझ्दा,
एउटा कस्तो उन्मादी आनन्द !
आमा भने धेरै तनाबमा देखिनुहुन्थ्यो
रोपाइको समय, ब्यस्त सबै
म आँफु भने सबैभन्दा ब्यस्त लाग्थ्यो
तर “काम बिनाको”
“आमा” सँग विरलै भेटहुन्थ्यो
घुम ओढेकी, आधा भिजेकी
“किन यती धेरै तड्पिने ?”
आमाको जवाफ हुन्थ्यो
अहिले रोप्न पाए पो
मङ्सिरमा भित्र्याउन पाईन्छ
आमाका महत्वाकांछी आँखाहरु
जलथल गराहरु हेर्दै, टलक्क टलिक्न्थे
अनुहारमा दृढ़बिस्वासि चमक छाँउथ्यो
एउटा पहाड बोकेर हिंडेकी
आँधीबेरीको जीवन बाँचेकि
क्रान्तिकी नायिकाको जस्तै
अनी, भन्नुहुन्थ्यो
सपना छ मेरो
तिमीहरुलाई पढाएर
ठुलो मान्छे बनाउने
वर्षा लाग्छ,
आमाको याद धेरै आँउछ,
अनी आँखाभरी मनसुन छाँउछ ।
सुदन डोटेल
कुसुन्ती ललितपुर
[email protected]