स्वास्थ्य राज्यमन्त्री वलीमाथि छानबिन गर्न समिति गठन
  • CIA Khabar

  • काठमाडौँ- लुम्बिनी प्रदेशसभा सदस्य एवं राज्यमन्त्री बिमला कुमारी वलीमाथि छानबिन गर्न आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन भएको छ ।

    जाँचबुझ समितिको सदस्यमा महिला, बालबालिका तथा कानुन मन्त्री रमा घर्तीमगर, मुख्य न्यायाधिवक्ता श्रीकृष्ण सुवेदी रहेका छन् । राज्यमन्त्री वलीले हिजो मंगलबार लुम्बिनी प्रदेशकै एक महिला र बालिकामाथि कुटपिट गरेको आरोप छ । उनले ती महिलाको घरमा गएर तोडफोडसमेत गरेको आरोप छ ।

    उनीविरुद्ध किटानी जाहेरी परे पनि प्रहरीले दर्ता भने गरेको छैन । यही घटनाबारे सत्य तथ्य बुझ्नका कार्यदल बनाएको हो ।

  • १ असार २०७९, बुधबार १६:३८ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images