गृहजिल्ला रूपन्देही जाँदै गृहमन्त्री खाण
  • CIA Khabar

  • काठमाडौं- गृहमन्त्री बालकृष्ण खाण शनिबार  गृहजिल्ला रूपन्देही जाने भएका छन्। उनी लुम्बिनी प्रदेशस्तरीय राष्ट्रिय भूमि आयोगको अभिमुखीकरण कार्यक्रममा सहभागी हुन त्यहाँ जान लागेका हुन्। गृहमन्त्री शनिबार बिहान  ७:१५ बजे रूपन्देही  पुग्नेछन् ।

    गृहमन्त्री खाण रूपन्देही क्षेत्र नम्बर ३ अन्तर्गतका स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिको सम्मान कार्यक्रममा पनि सहभागी हुनेछन्। उनी शनिबार साँझ काठमाडौं  फर्किने गरि कार्यक्रम तय गरिएको गृहमन्त्री खाणको सचिवालयले जनाएको छ।

  • ३ असार २०७९, शुक्रबार २२:१६ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images