अफगानिस्तानमा गुरुद्वारा नजिक दुई शक्तिशाली बिस्फोट
  • CIA Khabar

  • काबुल- अफगानिस्तानको राजधानी काबुलमा शनिबार बिहान दुई वटा शक्तिशाली बिस्फोट भएका छन् । बिस्फोट गुरुद्वारा नजिकै भएको थियो ।

    काबुलको कार्ते परवान क्षेत्रमा रहेको गुरुद्वारा नजिकैको व्यस्त सडकमा विस्फोट भएको हो । यो क्षेत्र घना जनसङ्ख्या भएको र धेरै मानिसको मृत्यु हुने आशङ्का गरिएको स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

    उक्त क्षेत्रमा धेरै बन्दुकको आवाजसमेत सुनिएको विवरणहरूमा जनाइएको छ । विस्फोटको समयमा गुरुद्वारामा धेरै भक्तहरू थिए । विस्फोटबाट भएको क्षतिको विवरण सार्वजनिक हुन बाँकी नै छ ।

    ‘काबुल सहरको कार्ते परवान क्षेत्रमा विस्फोटको आवाज सुनिएको थियो । यस घटनाको प्रकृति र हताहतीको विवरण सार्वजनिक हुन बाँकी छ ’ अफगानिस्तानको टोलो न्युजले ट्विट गरेको छ ।

    गत १५ अगस्टमा तालिबानको सत्तारोहणपछि पनि अफगानिस्तानमा हिंसात्मक घटनामा कमी आएका छैनन् । दोस्रो पटक सत्तामा पुगेपछि तालिबानले महिलाहरूका हक अधिकार कटौती भएका छन् । अधिकार कटौती भएको भन्दै महिलाहरूले राजधानी काबुललगायतका सडकमा विरोध प्रदर्शन गर्दै आएका छन् ।

  • ४ असार २०७९, शनिबार १३:०० प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images