अर्घाखाँची — सन्धिखर्क नगरपालिकाकी १४ वर्षीया बालिकालाई चाउचाउ, विस्कुट दिएर फकाएर यौन क्रियाकलापमा लगाउने दुई जनालाई प्रहरीले पक्राउ गरेको छअर्घाखाँची — सन्धिखर्क नगरपालिकाकी १४ वर्षीया बालिकालाई चाउचाउ, विस्कुट दिएर फकाएर यौन क्रियाकलापमा लगाउने दुई जनालाई प्रहरीले पक्राउ गरेको छदुवै जनालाई आइतबार पक्राउ गरी मानव बेचविखन तथा ओसारपसार र जबर्जस्ती करणी कसुरमा मुद्दा दर्ता गरी अर्घाखाँची जिल्ला अदालतबाट ६ दिनको म्याद थपी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
कक्षा ६ मा पढ्ने ती बालिका हजुरआमासँग बस्ने, पछिल्लो सयम विद्यालयसमेत जान छाडेकी र घरमा समेत बेलाबेलामा बेपत्ता भई मध्य रातसम्म घरबाहिर रहने गरेको अनुसन्धानको क्रममा भेटिएको प्रहरीले जनाएको छ ।
यौन क्रियाकलापबारे कोही कसैलाई जानकारी गराएमा बालिकालाई कुटपिट गर्ने, ज्यान मार्नेसम्मको धम्की दिने गरेको पनि अनुसन्धानको क्रममा खुल्न आएको प्रहरीले जनाएको छ ।