हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा चार जनाविरुद्ध मुद्दा दायर
  • CIA Khabar

  • काठमाडौँ– राजस्व अनुसन्धान विभागले गैरकानूनीरूपमा हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा चार जनाविरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ ।

    विभागका अनुसार नुवाकोट ककनी–३ का नवराज ढुङ्गाना र फणिन्द्रप्रसाद ढुङ्गाना, भिरकोटगढी–११ नुवाकोटका सुवासजङ्ग पाण्डे र नुवाकोट ककनी स्थायी घर भई जापानमा रहेका प्रज्ज्वल ढुङ्गानाविरुद्ध आज मुद्दा दायर गरिएको हो ।

    केही समय पहिले प्रहरीले नवराज ढुङ्गानालाई स्रोत नखुलेको रु ६९ लाख ९९ हजार बराबरको रकम पक्राउ गरेको थियो । उहाँले पैसाको स्रोत खुलाउन सक्नुभएको थिएन । सोही आधारमा अध्ययन गर्दै जाँदा प्रहरी अवैध हुण्डी कारोबार भएको निष्कर्ष निकालेको थियो ।

    विभागले बिगोबमोजिमको रकम जफत गरी दोषीमाथि कानुनअनुसार कारवाही गरिपाउँ भन्दै मुद्दा दायर गरेको हो । 

  • २३ श्रावण २०७९, सोमबार १७:४४ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images