नागरिकता विधेयक सत्ताको बहुमतमा टाउको गनेर पारित गर्न हुँदैन : एमाले
  • CIA Khabar

  • काठमाडौँ- प्रतिनिधिसभामा राष्ट्रपति कार्यालयबाट सन्देशसहित फिर्ता आएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथि छलफल भइरहेको छ ।

    उक्त विधेयकमाथि पुनर्विचार गरियोस् भन्ने गृहमन्त्री बालकृष्ण खाणले पेस गरेको प्रस्तावलाई जारी बैठकले बहुमतले स्वीकृत गरेपछि छलफल सुरु भएको हो ।

    छलफलमा भाग लिँदै एमालेले नागरिकता जस्तो विषयलाई जनमत विभाजित गरेर पास गर्न नहुने बताएको छ । एमाले सांसद प्रदीप ज्ञवालीले जनमत विभाजित गर्ने गरी काम नगर्न सरकारलाई सुझाव दिए ।

    विधेयक फिर्ता पठाउने क्रममा राष्ट्रपतिबाट उठाइएका प्रत्येक प्रश्नलाई गम्भीर रूपमा लिनुपर्नेमा जोड दिएका उनले  विधेयकमाथि सांसदहरूलाई संशोधन हाल्ने अवसर दिनुपर्ने माग गरे ।

    सत्ताको बहुमतमा टाउको गनेर पारित गर्न नहुने बताएका उनले यसरी पारित गरिँदा परिणाम राम्रो नहुने भन्दै सचेत गराए । जसकारण राष्ट्रपतिले दिएको नागरिकता विधेयकलाई सर्वस्वीकार्य दस्तावेज बनाउने अवसरलाई सदुपयोग गर्नुपर्नेमा उनको जोड छ ।

  • २ भाद्र २०७९, बिहीबार १४:१४ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images