काठमाडौँको फोहोर उठाउन नसक्नु लज्जास्पद : महामन्त्री विश्वप्रकाश शर्मा
  • CIA Khabar

  • काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले तीन तहको सरकारले पनि काठमाडौँको फोहर उठाउन नसक्नु लज्जाजनक भएको बताएका छन्।

    शुक्रबार काठमाडौँमा कमरेडको जनै पुस्तक विमोचन गर्दै शर्माले अहिले काठमाडौँको सडक जताततै फोहरले भरिएको भन्दै मुलुकमा तीन तहको सरकार हुँदा पनि फोहर उठाउन नसक्नु लज्जाजनक भएको बताएका थिए।

    उनले फोहरको दिर्घकालिन समाधान र महानगरका प्रमुख बालेन्द्र साहलाई सहयोग गर्ने तथा बञ्चरेडाडाँबासीन्दाको माग सम्बोधन गर्न कमजोरी भइरहेको जिकिर गरे। शासन व्यवस्था फेरिए पनि मुलुकको अवस्था फेरिन नसकेको उनको भनाइ छ।

    त्यस्तै शर्माले युवाहरूले मुलुकको अवस्थाका बारेमा चिन्ता गर्ने बेला आएको धारणा राखे।

  • ३ भाद्र २०७९, शुक्रबार १८:०१ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images