नवौं राष्ट्रिय खेलकुद : शुक्रबारदेखि औपचारिक सुरु हुँदै
  • CIA Khabar

  • काठमाडौँ– नवौं राष्ट्रिय खेलकुद गण्डकी प्रदेशमा शुक्रबारदेखि औपचारिक सुुरु हुँदैछ । 

    प्रतियोगिता उद्घाटन, खेल सञ्चालन र खेल पूर्वाधारलाई निर्माणलगायतका सबै तयारी पूरा भएको आयोजक राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जनाएको छ । बिहीबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङले प्रतियोगिताको तयारी पूरा भएको बताए । उनले प्रतियोगितालाई सफलताका साथ सम्पन्न गर्नका लागि सबैको साथ आवश्यक रहेको धारणा राखे ।

    पोखरा रङ्गशालाको अत्याधुनिक फुटबल स्टेडियममा नेपाली सेनाको मार्चपासबाट उद्घाटन समारोह सुरुआत हुनेछ । राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन अगावै केही खेल सुरु भइसकेको छन् । महिला क्रिकेट, फेन्सिङ, ह्याण्डबल लगायतका केही खेल असोज २३ देखीनै सुरु भएका छन् ।

  • २७ आश्विन २०७९, बिहीबार १९:४६ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images