शताब्दी पुरुष सत्यमोहन जोशीको निधन
  • CIA Khabar

  • काठमाडौँ –सताब्दी पुरूष सत्यमोहन जोशीको निधन भएको छ।

    आइतबार बिहान ७ बजेर ९ मिनेटमा उनको उपचारकै क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ।
    ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा तीन साताअघि भर्ना भएका जोशीको आइसियूमै राखेर उपचार भइरहेको थियो।

    १०३ वर्षीय जोशी स्वास्थ्यमा समस्या देखिएपछी असोज ७ गते किष्ट अस्पतालमा भर्ना भएका थिए। पछिल्लो समय उनलाई छातीमा निमोनियाको संक्रमण र पिसाबमा संक्रमण देखिएको थियो।

    अघिल्लो साता रगत परीक्षणको क्रममा उनमा डेंगुको संक्रमणसमेत पुष्टि भएको थियो।

  • ३० आश्विन २०७९, आईतवार १०:२० प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images