लघुबित्तको ब्याज १५% हुदा बैकहरुको ब्याज १८% पुग्यो।
  • CIA Khabar

  • काठमाडौ
    नेपाल राष्ट्र बैकले इजाजत दिएका ४ बर्गको बित्तिय सस्थाहरु मध्यको एक हो लघुबित्त बित्तिय सस्था।उनिहरुले कर्मसियल, बिकास बैक र फाइनान्स कम्पनी सग कर्जा लिएर केहि प्रतिशत ब्याज थप गरेर कर्जा लगानी गर्दछ्न ।तर राष्ट्रबैक को अघिल्लो मौद्रिक नितिबाट लघुबित्त बित्तिय सस्थाले १५% भन्दा बढि ब्याज लिन नपाउने निति बनाए सगै लघुबित्तले १५% भन्दा बढि ब्याज लिन पाउदैन।तर तिनै लघुबित्तलाइ अहिले बैक हरुले १६% भन्दा बढि ब्याज लिएको पाइएको छ। जब १६% मा कर्जा लिएर १५% मा लगानि गर्दा सस्थाहरुको अबस्था के हुन्छ खै राष्ट्रबैक ले सोच्नु पर्ने होइन र? लघुबित्तको ब्याज महङ्गो भयो चर्को ब्याज भयो भन्दै बिभिन्न सङ्घर्स समिति बनाएर लघुबित्त नै खारेज गर्नुपर्छ भन्ने हरुलाइ नैतिक दबाब होइन र? जब कि आफ्नो सम्पति धितोमा राखेर पैसा लिदा त १८% सम्म ब्याज तिर्नु पर्ने भएपछि बिना धितो १५% ब्याज कुन हिसाबले महङ्गो भयो ? लघुबित्तहरुमा अहिलेको अबस्था निरन्तर भैरहयो भने चल्न सक्ने अबस्था आउन सक्दैन।कि त राष्ट्रबैकले उनिहरुको क्याप हटाउन पर्ने देखिन्छ ।गत मौद्रिक नितिमा बैकहरुले आफ्नो बेस रेटमा २% मात्र थप पृमियम थप गरेर लघुबित्तलाइ लगानी गर्न मिल्ने निति बनाएको भएता पनि बैकहरुको कष्ट अफ फन्ड नै १४% भन्दा माथि देखाउदा लघुबित्तलाइ कर्जा लगानी गर्न असाध्यै अप्ठ्यारो रहेको लघुबित्तकर्मि हरु बताउछ्न ।

  • २ कार्तिक २०७९, बुधबार १२:२० प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images