सभापति मगरलाई विनाशर्त रिहाई गर्न दोलखा कांग्रेस प्रदेश‘क’ को माग
  • CIA Khabar

  • नेपाली कांग्रेस मेलुङ गाउँपालिका सभापति नारायण बहादुर मगर पक्राउ परेपछि कांग्रेस प्रेदश कार्यसमितिले तत्काल रिहाइको माग गरेको छ । दोलखा प्रदेश ‘क’का सभापति शुक्रराज तामाङले एक विज्ञप्ती जारी गर्दै तत्काल रिहाइको माग गरेको हो ।

    गत स्थानीय तहको निर्वाचनमा झैझगडा गरेको आरोपमा सभापति मगर सहित स्थानीय नेता देवबहादुर मगरलाई प्रहरीले पक्राउ गरी पुर्पेक्षका लागि जिल्ला कारगार चलान गरिएको छ ।

    आफ्ना नेता पक्राउ परेपछि कांग्रेस प्रदेश कार्यसमितिले विनाशर्त तत्काल रिहाई गर्न विज्ञप्ती मार्फत भनेको छ । यद्यपी, स्थानीय निर्वाचनको सामान्य घटनालाई लिएर कार्यकर्तालाई अनावश्यक दुःख दिइरहे प्रदेश कार्यसमितिले जुनसुकै कदम चाल्न बाध्य हुने चेतावनी समेत दिएको छ ।

  • १७ माघ २०७९, मंगलवार १९:२० प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images