सिंहदरबारको फोहर नउठाउने महानगरको निर्णय स्थानीय नीतिविपरीत रहेको सरकारको ठहर
  • CIA Khabar

  • काठमाडौं- सरकारले सिंहदरबारको फोहर नउठाउने काठमाडौं महानगरको निर्णय स्थानीय नीतिविपरीत भएको ठहर गरेको छ ।

    सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद्को बैठकमा सिंहदरबार, बालुवाटार, राष्ट्रपति निवासलगायतका स्थानका फोहर नउठाउने काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहको अभिव्यक्तिबारे छलफल भएको थियो । बैठकले महानगरको निर्णय फोहोर व्यवस्थापन स्थानीय नीतिविपरीत भएको ठहर गरेको हो ।

    बैठकपछि सरकारका प्रवक्ता रेखा शर्माले फोहर नउठाउने महानगरको निर्णय फोहोर व्यवस्थापन स्थानीय नीतिगत व्यवस्थासँग सम्बन्धित भएकाले यस विषयमा छलफल गर्ने बताइन् ।

    छलफलबाट पनि समस्या समाधान नभए काठमाडौं महानगरको गम्भीर ध्यानाकर्षण गराउने निर्णय भएको उनले बताइन् । फोहोर व्यवस्थापन स्थानीय सरकारले नै गर्ने नीति रहेको र सो नीतिबाट काठमाडौं महानगर भाग्न नमिल्ने उनको भनाइ छ ।

    बैठकले आयातित तथा उत्पादित सम्पूर्ण खाद्य पदार्थमा जीवनाशाक विषादी अवशेषको सीमा निर्धारण गर्न स्वीकृत गरेको प्रवक्ता शर्माले बताइन् ।

  • २८ चैत्र २०७९, मंगलवार १८:२८ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images