वैशाख ५ गतेबाट आमरण अनसन बस्ने लघुवित्त पीडितको घोषणा
  • CIA Khabar

  • काठमाडौँ- लघुवित्त पीडितहरुले वैशाख ५ गतेबाट आमरण अनसन बस्ने घोषणा गरेका छन् । मंगलबार काठमाडौँको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी लघुवित्त पीडितहरुले चरणबद्ध आन्दोलनको घोषणा गरेका हुन् ।

    पत्रकार सम्मेलनमा लघुवित्त संस्थाविरुद्धको संघर्ष समितिले अध्यक्ष मनिराम ज्ञावालीको नेतृत्वमा वैशाख ५ गतेदेखि आमरण अनसनको घोषणा गरेको हो ।

    चैत २१ देखि माइतिघर मण्डलामा अनसनरत पीडितहरुले लघुवित्तले आफूहरुलाई मर्नु न बाँच्नुको अवस्थामा पु¥याएको बताए । समितिका अध्यक्ष ज्ञावालीले पीडितहरुको जीवन मर्नु न बाँच्नुको अवस्थामा पुर्याउने लघुवित्तले कायौंको ज्यान लिइसकेको र सयौंलाई विस्थापित गरिसकेको बताए ।

    ज्ञावालीले न्यायको निम्ति आफूहरुले निष्कर्षसहितको अन्तिम लडाइँका लागि चरणबद्ध आन्दोलनको घोषणा गरेको बताए ।

    राष्ट्रिय किसान संघ सञ्जाल नेता अगस्त्य अधिकारीले लघुवित्त संस्थाहरुले राष्ट्र बैंकको निर्देशिका र प्रचलित ऐन कानून मिचेर आमजनताविरुद्ध ज्यादती गर्दै आएको भन्दै आन्दोलनमा आफ्नो संगठनले सम्पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

    संघर्ष समितिका केन्द्रीय सचिव रमेश तामाङले देशका झण्डै ५८ लाख महिलाहरु लघुवित्तहरुको ऋणी भएको र अधिकाशंलाई ब्याजको स्याज लगाएर गैरकानूनी तरिकाले यातना दिएको आरोप लगाए ।

  • २८ चैत्र २०७९, मंगलवार १८:३६ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images