समय अभावका कारण सन्दीपविरुद्ध मुद्दाको सुनुवाइ स्थगित, २४ गते पेशी
  • CIA Khabar

  • काठमाडौँ- नेपाली क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेविरुद्ध मुद्दाको सुनुवाइ स्थगित भएको छ ।

    काठमाडौं जिल्ला अदालतका न्यायाधीश दीपक ढकालको इजलासमा रहेको सन्दीपविरुद्धको मुद्दाको सुनुवाइ समय अभावका कारणले स्थगित भएको सन्दीपका अधिवक्त सरोजकृष्ण घिमिरेले बताए ।

    सरकारी वकिल र जाहेरवालाहरूको केही अधिवक्ताको वहस भएको र जाहेरवालाहरूले लामो वहस भएकाले आजको सुनुवाइ नभ्याइएको उनले बताए । अर्को पेशी २४ गतेलाई तोकिएको छ ।

  • ११ बैशाख २०८०, सोमबार १८:५९ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images