नागरिकता विधेयकबारे परामर्श गर्दै राष्ट्रपति पौडेल
  • CIA Khabar

  • काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले रोकिएको नागरिकता विधेयकको बारेमा बुझ्न आइतबार कानुनविद्हरूसँग परामर्श गर्दैछन्।

    राष्ट्रपतिको सचिवालयका अनुसार पौडेलले आज दिउँसो १ बजे कानुनविद्हरूसँग परामर्श गर्न लागेका हुन् ।

    यसअघि नागरिकता विधेयक प्रमाणीकरणका लागि शीतल निवासमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सो विधेयक पठाइएको भए पनि भण्डारीले प्रमाणीकरण अस्वीकार गरेपछि विधेयक अलपत्र परेको थियो।

    सो विधेयक अघि बढाउने निर्णय अहिलेको सरकारले गरेको छ । प्रधानमन्त्री प्रचण्ड नेतृत्वको वर्तमान सरकारले पूर्णता पाएको ६ महिनाभित्र टुंगो लगाउने न्यूनतम साझा कार्यक्रममा उल्लेख छ ।

  • २४ बैशाख २०८०, आईतवार ११:०२ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images