कांग्रेसको संस्थापनइतर समूहले देशैभरी भेला गर्ने
  • CIA Khabar

  • काठमाडौँ- नेपाली कांग्रेसको संस्थापनइतर असन्तुष्ट समूहले देशैभरी अलग्गै भेला गर्ने भएको छ ।

    संस्थापन पक्षको गतिविधिप्रति असन्तुष्टि जनाउँदै इतर समूहले ‘रुपान्तरण अभियान’ अन्तर्गत देशैभरी भेला गर्ने भएको हो ।

    काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा मधु आचार्य, गुरुराज घिमिरे, भुपेन्द्रजंग शाही , रञ्जित कर्णलगायतका नेताहरुले सो अभियानको घोषणा गरेका हुन् । जसअनुसार जनकपुरबाट सुरु हुने प्रदेशस्तरीय बैठक र भेला २९ जेठमा इटहरीमा पुगेर सकिने छ ।

    आज घोषित कार्यक्रमअनुसार जेठ ११ गते जनकपुरमा मधेस प्रदेशको भेला हुनेछ भने बाग्मती प्रदेशको भेला जेठ १६ गते काठमाडौंमा हुनेछ ।

    यसैगरी, गण्डकी प्रदेशको २० गते पोखरामा, लुम्बिनी प्रदेशको जेठ २२ गते दाङमा, कर्णाली प्रदेशका २४ गते सुर्खेतमा, सुदूरपश्चिम प्रदेशको भेला जेठ २६ गते धनगढीमा र कोशी प्रदेशको भेला २९ गते जेठमा हुनेछ ।

    कांग्रेसलाई रुपान्तरण गर्नका लागि सो भेला आयोजना गर्न लागेको आयोजकहरुले जानकारी दिएका छन् ।

  • २ जेष्ठ २०८०, मंगलवार १७:१२ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images