काठमाडौँ– काठमाडौँका विभिन्न विद्यालय, कलेज, कम्पनी, व्यापारी, उद्योग, कलकारखाना, वैक्वेट लगायतबाट अवैध रूपमा चन्दा असुली गरेको अभियोगमा २ जनालाई काठमाडौं लैनचौरबाट सोमबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा बैतडी नगरपालिका-३ घर भई ललितपुर चाँगाथली बस्ने ४२ वर्षीय अमृत कार्की र सल्यान बागचौर नगरपालिका-६ घर भई काठमाडौं जोरपाटी बस्ने ३२ वर्षीय धन बहादुर चन्द रहेका छन् ।
उनीहरूले अवैध रूपमा चन्दा माग गरी असुल उपर गरिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न आफूलाई अखिल नेपाल ट्रेड युनियन मजदुर सङ्घको केन्द्रीय सदस्य बताउने अमृत र अखिल क्रान्तिकारी केन्द्रीय सचिवालय सदस्य बताउने धन बहादुरलाई पक्राउ गरेको हो ।