संघीय संसदको संयुक्त बैठक बस्दै,
  • CIA Khabar

  • काठमाडौँ – आज संघीय संसदको संयुक्त बैठक बस्दैछ।

    संघीय संसद भवन, वानेश्वरमा संघीय संसद अन्तर्गतको प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठक बस्न लागेको हो।

    बिहान ११ बजे सुरु हुने बैठकमा ‘संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०८० को मस्यौदा प्रतिवेदनमाथिको संशोधनसहितको दफावार छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्ताव’ हुनेछ।

    उक्त प्रस्ताव संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली मस्यौदाका सभापति ध्रुवबहादुर प्रधानले प्रस्तुत गर्नेछन्।

    सो मस्यौदा प्रतिवेदन माथि प्राप्त संशोधनहरुलाई क्रमशः निर्णयार्थ प्रस्तुत गरे पछि प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख  गरिएको छ।

  • १४ जेष्ठ २०८०, आईतवार ०९:३७ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images