नागरिकता विधेयक प्रमाणीकरण क्रान्तिकारी कदम
  • CIA Khabar

  • काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नागरिकता विधेयक प्रमाणीकरण गर्ने निर्णय क्रान्तिकारी कदम भएको प्रतिक्रिया दिएका छन् ।

    चारदिने भारत भ्रमणका लागि त्यसतर्फ जाने क्रममा बुधबार दिउँसो प्रधानमन्त्री प्रचण्डले नागरिकता विधेयक प्रमाणीकरण ठूलो क्रान्तिकारी कदम भएको बताएका हुन् ।

    नेपाल एयरलाइन्सको जहाज आरए २१७ मा मार्फत भारत जाने क्रममा विमानमा रहेका भ्रमण टोलीका सदस्य र अन्य यात्रीहरूसँगको कुराकानीमा प्रधानमन्त्री प्रचण्डले नागरिकता प्रमाणीकरणबारे दुई थरीको विचार आए पनि यो ठूलो क्रान्तिकारी कदम भएको बताएका हुन् ।

    यसले दशकौँदेखि नागरिकताबाट बन्चित नेपाली छोराछोरीले नागरिकता पाउन सहज भएको प्रधानमन्त्रीको भनाइ छ ।

  • १७ जेष्ठ २०८०, बुधबार १५:३४ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images