नेपालगञ्जको एकीकृत जाँचचौकीको उद्घाटन
  • CIA Khabar

  • नयाँदिल्ली– भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्तरुपमा नेपालगञ्जको रुपेडियामा निर्माण सम्पन्न भएको एकीकृत जाँचचौकीको उद्घाटन गरेका छन् ।

    भारतीय प्रधानमन्त्रीको कार्यालय हैदरावाद हाउसबाट उनीहरूले सो जाँचचौकीको उद्घाटन गरेका हुन् । सहजरूपमा व्यापार प्रवर्द्धनका लागि सो जाँचचौकी महत्वपूर्ण मानिएको छ । यस्तै, सोही अवसरमा भैरहवामा निर्माण हुने एकीकृत जाँचचौकीकोसमेत शिलान्याश गरिएको छ । नेपाल र भारतबीचको व्यापार प्रवर्द्धन तथा सहजिकरणका लागि त्यस्ता संरचना महत्वपूर्ण मानिएको छ ।

    यसअघि विराटनगरमा त्यस्तै जाँचचौकी निर्माण सम्पन्न भई उद्घाटनसमेत भइसकेको छ । सवारी साधनको सहज पार्किँङ, सामान आयात तथा निर्यातका लागि त्यस्ता संरचनाले महत्वपूर्ण सहयोग गर्नेछ । उद्योगी व्यवसायीले एकीकृत संरचनाको माग गर्दै आएका थिए ।

  • १८ जेष्ठ २०८०, बिहीबार १६:३९ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images