यू–२० महिला छनोटमा आज नेपालले चीनको सामना गर्ने
  • CIA Khabar

  • काठमाडौँ– एएफसी यू–२० महिला एसियन कप छनोटमा आज नेपाल र चीनबीच प्रतिस्पर्धा हुँदैछ ।

    समूह बी मा रहेका यी दुई टोलीबीचको खेल म्यान्मारको यानगोनस्थित थुवुन्ना रंगशालमा नेपाली समयअनुसार दिउँसो पौने ३ बजे सुरु हुनेछ ।

    आफ्नो पहिलो खेलमा घरेलु टोली म्यानमारसँग पराजित भएको नेपाल आज चीनलाई हराएर पहिलो जित निकाल्ने योजनमा छ । तर बलियो टोली चीनलाई हराउनु नेपालका लागि ठूलो चुनौती रहेको छ ।

    पहिलो खेलमा नेपाल घरेलु टोली म्यानमारसँग पराजित भएको थियो भने चीनले नाइनिज ताइपेलाई हराएको थियो ।

    नेपालले अन्तिम खेल शनिबार चाइनिज ताइपेसँग खेल्ने छ ।

  • २५ जेष्ठ २०८०, बिहीबार ११:२० प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images