पहिचानको नाममा अराजकता मच्चाउनेलाई कारबाही हुन्छ : गृहमन्त्री
  • CIA Khabar

  • काठमाडौँ– उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले पहिचानको नाममा अराजकता मच्चाउनेलाई सरकारले छुट नदिने बताएका छन् । 

    आज प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी दलले कोशी प्रदेशमा आफ्ना नेताहरूलाई पहिचान पक्षधर भनिनेहरूबाट आक्रमण बढेको भन्दै गृहमन्त्रीको जवाफ मागेपछि उनले सो घटनामा संलग्नहरूलाई कारबाही गर्ने प्रतिबद्धता जनाएका हुन् । 

    उनले असंवैधानिक, अलोकतान्त्रिक, अशान्ति र ध्वंसात्मक प्रकृतिको गतिविधिलाई राज्य र सरकारले छुट दिन नसक्ने भन्दै संवाद र प्रशासनिक रुपमा विवाद समाधान गर्न सरकार लागिपरेको बताए । 

    गृहमन्त्री श्रेष्ठले कोशीमा भइरहेका घटनाबारे आफूले प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीसँग टेलिफोनमा कुराकानी गरेको जानकारी दिए ।

    इलाममा एमाले नेतामाथि र उदयपुरमा कोशीको उपसभामुख माथि पहिचानवादीहरूले आक्रमण प्रयास गरेको भन्दै एमालेले विरोध गरेको हो ।

  • २६ जेष्ठ २०८०, शुक्रबार १३:२० प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images