युवाको सकृयताबाट मात्र आर्थिक समृद्धि सम्भव छ- पुन
  • CIA Khabar

  • काठमाडौँ–    नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति एवम् संविधानसभा सदस्य अमरसिंह पुनले युवाको सकृयता र सहभागिताले मात्र नेपालले आर्थिक समृद्धि प्राप्त गर्न सक्ने बताउनु भएको छ । आज दाङको घोराहीमा प्राइम सेवाको सेवा शुभारम्भ गर्दै सभापति पुनले उद्योग, पर्यटन, उत्पादन र सेवाको क्षेत्रमा राज्यले युवालाई आकर्षण गर्न विशेष सहयोग गर्नु पर्ने बताउनु भयो ।

    विज्ञान, प्रविधि र खोज अनुसन्धानको क्षेत्रलाई थप फराकिलो बनाउदै राष्ट्रको आर्थिक गतिविधि चलायमान बनाउनु पर्ने धारणा राख्नु भयो । सभापति पुनले भन्नुभयोस्झझ हिजो समय फरक थियो । युवाको आकर्षण र लक्ष्य फरक थियो । आज प्रविधि र विज्ञानले संसार चलाइरहेको छ ।

    हाम्रो दैनिकी सरलीकरण हुदैछ । युवाको आकर्षण डिजिटलाइजेसन अत्याधिक छ । युवाको आकर्षणलाई अब राष्ट्रिय अर्थतन्त्रमा प्रभाव पार्न सक्ने बनाइनु पर्छ ञञ। राज्यले विद्यमान नितिमा व्यापक सुधार गर्दै युवालाई स्वदेश मै रहन प्रोत्साहित हुने कार्यक्रम संचालनमा लिइनु पर्ने सभापति पुनले जोड दिनु भयो । प्राइम सेवाले दाङ आसपासको क्षेत्रमा समुदायको माग र आवश्यकता बमोजिम गुणस्तरीय सेवा प्रदान गर्ने जनाएको छ ।

  • २७ जेष्ठ २०८०, शनिबार १५:३७ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images