कालिकोटमा बोलेरो दुर्घटना हुँदा तीनजनाको मृत्यु
  • CIA Khabar

  • कालिकोट– कालिकोटमा बोलेरो गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

    गए राति बेउली–पान्तडी सडक खण्डको चौकी बजारबाट शुभकालीका गाउँपालिका कार्यालय तर्फ जाँदै गरेको लु १ च ८४९८ नम्बरको गाडी शुभकालीका–६ को गविरामा दुर्घटना भएको हो ।

    दुर्घटनामा बोलेरो चालक शुभकालीका–२ का हर्क बि.क, वडा नम्बर ८ का रामबहादुर शाही र दैलेख नौमुलेका गोपाल सलामी मगर रहेको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख डिएसपी जयश्वर रिमालले जानकारी दिए ।

    दुर्घटनाको कारण खुलेको छैन । गाडी सडकदेखि १५० मिटर तल खसेको प्रहरीले जनाएको छ।

     

  • २८ जेष्ठ २०८०, आईतवार ०९:२९ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images