रास्वपा केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै
  • CIA Khabar

  • काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति र संसदीय दलको बैठक आज बस्दैछ । पार्टी स्थापना दिवसको कार्यक्रम तय गर्न तथा ‘नयाँ युगको संकल्प’ नामक सैद्धान्तिक दस्तावेजबारे छलफल गर्न बैठक बस्न लागेको हो ।

    संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारका अनुसार असार ७ गतेको स्थापना दिवस कसरी मनाउने भन्नेबारे बैठकमा छलफल हुनेछ ।

    रास्वपाको नीति तथा विचार विभागले तयार पारेको सैद्धान्तिक मस्यौदामा पार्टीभित्र तीव्र मतभेद भए पछि त्यसलाई टुंगो लगाएर असार ७ गते औपचारिक रुपमा सार्वजनिक गर्ने योजनासहित बैठक बस्न लागेको हो । बैठकमा उक्त मस्यौदा माथि पनि छलफल हुनेछ ।

    महामन्त्री मुकुल ढकालको संयोजकत्वमा कमल सुवेदी र रमेश प्रसाईँ सदस्य रहेको मस्यौदा समितिले ६२ पृष्ठ लामो दस्ताबेज तयार पारेको थियो, जुन दस्तावेजमा उल्लिखित शासकीय स्वरूप, संघीयतालगायतका विषयमा केन्द्रीय नेताहरूमा नै विवाद देखा परेको छ । सो विषयमा पनि प्रारम्भिक छलफल हुने बताइएको छ ।

  • ४ असार २०८०, सोमबार ०८:५६ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images