राष्ट्रपति पौडेलको मुटुमा स्थायी पेसमेकर राखियो
  • CIA Khabar

  • काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलको मुटुमा स्थायी पेसमेकर राखिएको छ । उनलाई ७२ घण्टाको नियमित निगरानीका क्रममा मुटुको चाल बेलाबखतमा कम हुने देखिएपछि विशेषज्ञको राय परामर्शमा पेसमेकर राखिएको हो ।

    त्रिभुवन विश्वविद्यालय चिकित्सक शास्त्र अध्ययन संस्थान मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा मंगलबार राष्ट्रपति पौडेलको शरीरमा सफलतापूर्वक पेसमेकर राखिएको अस्पतालका कार्यकारी निर्देशक प्रा डा रत्नमणि गजुरेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

    राष्ट्रपति पौडेल यही असार २ गतेदेखि अस्पतालमा उपचाररत छन् । हाल उनको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

  • ५ असार २०८०, मंगलवार १६:४१ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images