मधेशमा कम बजेट दिएको भन्ने कुरा असत्य : प्रधानमन्त्री
  • CIA Khabar

  • काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहालले मधेश प्रदेशमा कम बजेट विनियोजन भएको भन्ने सत्य नभएको बताए । उनले संघीयताको मर्मअनुरूप वित्तीय हस्तान्तरणमा १५ प्रतिशतभन्दा बढी रकम सोझै मधेशलाई दिइएको स्पष्ट पारे ।

    प्रतिनिधिसभामा शुक्रबार भएको प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तरका क्रममा सांसद अजयकुमार चौरसियाको प्रश्नको जवाफमा प्रधानमन्त्री दाहालले संघीय सरकारकै मातहतमा मधेश प्रदेशमा थुप्रै विकास आयोजनाहरू सञ्चालन भइरहेको बताए ।

    प्रधानमन्त्री दाहालले मधेशमा अरू पनि थुप्रै आयोजनामा बजेटको प्रबन्ध गरेको बताए ।

     

  • ८ असार २०८०, शुक्रबार १४:२६ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images