उपमेयरलाई दुर्व्यवहार गरेको आरोपमा एमाले नेता पक्राउ
  • CIA Khabar

  • महोत्तरी– युवा संघका केन्द्रीय सदस्य तथा नेकपा एमालेका नेता हरि महतो जनकपुर एयरपोर्टबाट पक्राउ परेका छन् ।

    गौशाला नगरपालिकाकी उपमेयर रेणु कुमारी महतोलाई अभद्र व्यवहार गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।

    उपमेयर महतोको उजुरीको आधारमा उनलाई जनकपुर एयरपोर्टबाट पक्राउ गरेर महोत्तरी ल्याइएको प्रहरी नायब उपरीक्षक दीलिपकुमार गिरीले जानकारी दिए। महतोमाथि उपमेयरले दिएको उजुरीउपर छानबिन गरि अनुसन्धान प्रक्रिया अगाडि बढाइने जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

    यसअघि उपमेयरको कार्यकक्षमा नै प्रवेश गरी हातपात समेत गर्न खोजेको पनि महातोमाथि आरोप छ ।

  • १२ असार २०८०, मंगलवार १७:३७ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images