३० दिनभित्र विवरण पेस गर्न सहकारीलाई मेयर बालेनको निर्देशन
  • CIA Khabar

  • काठमाडौँ– काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले काठमाडौं महानगर भित्रका सहकारी संस्थालाई ३० दिनभित्र संस्थाको विवरण पेस गर्न निर्देशन दिएका छन् ।

    मेयर साहले आज सामाजिक सञ्जालमा महानगरपालिकाको सहकारी विभागले जारी गरेको सूचना राख्दै सहकारीहरुको साधारण सभाको जानकारी, लेखापरीक्षण प्रतिवेदनलगायतका विवरण माग गर्दै ३० दिनभित्र पेश गर्न निर्देशन दिएका हुन् ।

    पछिल्लो समय सहकारीमा आर्थिक संकट सिर्जना भएको तथा चरम अनियमिताको खबर सार्वजनिक भइरहेका बेला महानगरले सो सूचना जारी गरेको हो । 

    सूचना जारी भएको मितिले ३० दिनभित्र विवरण पेश नगरे महानगरको सहकारी ऐनअनुसार कारबाही गर्ने चेतावनी पनि दिइएको छ ।

    मेयर साहले सामाजिक सञ्जालमा  बस्तु र सेवाहरूको मूल्यवृद्धि र मुद्रा स्फितिले वित्तिय क्षेत्रहरूमा पारेको तरलताबाट सहकारी क्षेत्र पनि प्रभावित बनेकाे उल्लेख गरेका छन् ।

    उनले भनेका छन्, ‘ महानगरपालिकाको सहकारी विभागमा शेयर सदस्य र सञ्चालकहरूले दिने गरेका लिखित र मौखिक उजुरीको चापबाट अवस्था देखिन्छ । यस्तो संवेदनशील समयमा सहकारी संघ संस्थाहरूले आफ्नो काम कारवाहीलाई जिम्मेवार, इमानदार, अनुशासित, पारदर्शी एवं विधिसम्मत तरिकाले सदस्य केन्द्रित भई सञ्चालन एवं व्यवस्थापन गर्दै सहकारी सुशासन कायम गर्न अनुरोध गर्दछु ।’

  • १३ असार २०८०, बुधबार १०:०९ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images