नक्कली नोटको कारोबार गर्ने एक जना पक्राउ
  • CIA Khabar

  • काठमाडौँ- नक्कली नोटको कारोबार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको मकवानपुरगढी गउँपालिका वडा नम्बर १ स्थायी घर भई हाल ललितपुरको इमाडोल बस्ने ४२ वर्षका प्रशान्त भन्ने पासाङ भोम्जन रहेको प्रहरीले जनाएको छ ।

    काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा नक्कली नोटको कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले इमाडोलबाट उनलाई पक्राउ गरेको हो ।

    उनको साथबाट ५ सय दरका १६० थान नेपाली रुपैयाँ गरी जम्मा ८० हजार बराबरको नक्कली नोट फेला पारेको प्रहरीले जनाएको छ । उनलाई थप अनुसन्धान तथा कारबाहीको लागी जिल्ला प्रहरी परिसर, ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।

  • १७ असार २०८०, आईतवार १७:३२ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images