एनसेल शेयर खरिदबिक्रीविरुद्धको रिटमा आज सुनुवाइ
  • CIA Khabar

  • काठमाडौँ– प्रतिनिधिसभाका सांसद अमरेशकुमार सिंहले सर्वोच्च अदालतमा दायर गरेको एनसेल शेयर खरिदबिक्रीविरुद्धको रिटमा सुनुवाइका लागि आज पेसी तोकिएको छ ।

    सांसद सिंहले गत शुक्रबार दायर गरेको रिटको पेसी आइतबार र सोमबार लगातार तोकिए पनि हेर्न नभ्याइनेमा परेको थियो । उक्त रिट आइतबार न्यायाधीश कुमार रेग्मी र सोमबार विनोद शर्माको इजलासमा परेको थियो ।

    सांसद सिंहले रिट निवेदनमा नेपालको कानुनी प्रक्रिया छलेर राज्यलाई हानिनोक्सानी हुने गरी अपारदर्शी ढंगले शेयर खरिदबिक्री भएको दाबी गरेका छन् । निवेदनमा शेयर खरिदबिक्रीलाई मान्यता नदिन पनि माग गरेका छन् ।

    उनले एनसलेको ८० प्रतिशत सेयर होल्डर मलेसियन कम्पनी आजियाटाले टेलियासोनेरासँग किन्दा ६ वर्षअघि नै एक खर्ब ४३ अर्ब हालेको र ६ अर्ब ६५ करोड रुपैयाँमा बिक्री गर्नुले सबैभन्दा ठूलो भ्रष्टाचारको संकेत गरेको जिकिर गरेका छन् ।

  • २६ मंसिर २०८०, मंगलवार ०८:४८ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images