गृहमन्त्रीको अभिव्यक्ति रेकर्डबाट नहटाए प्रधानमन्त्रीसँग हिसाब–किताब : गगन थापा
  • CIA Khabar

  • काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सदनमा उभिएर दिएको अभिव्यक्ति रेकर्डबाट नहटाइए प्रधानमन्त्रीसँग हिसाब–किताव गरिने चेनावनी दिएका छन् ।

    प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै उनले सदन चटक गर्ने ठाउँ नभएको स्मरण गराउँदै लामिछानेले दिएको अभिव्यक्ति संसदको रेकर्डबाट नहटाइए प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग हिसाव–किताव गरिने चेतावनी दिएका हुन् ।

    ‘संसद चटक देखाउने ठाउँ होइन । सदनमा बोलिएका कुरा प्रधानमन्त्रीले अर्न गर्नुस् प्रधानमन्त्रीसँग हिसाबकिताब गरौँला,’ थापाले भने,‘‘कि आउनुस् र भन्नुस् रेकर्डबाट हटाउँछु भनेर । होइन भने प्रधानमन्त्रीसँग त हिसाव–किताव लिइन्छ ।’

    सांसद थापाले गृहमन्त्रीले संसदको गरिमा नराखेको बताउँदै सभामुखको समेत ध्यानाकर्षण गराए  । गृहमन्त्रीले संसदमा विदेशी एसेट रहेको भन्ने वाक्य संवेदनशील रहेको बताउँदै थापाले यो भनाइलाई कांग्रेसले सामान्य रुपमा नलिने स्पष्ट पारे ।

    गृहमन्त्री लामिछानेले कांग्रेसका सांसदहरु विरुद्ध सदनमा दिएको अभिव्यक्तिप्रति आक्रामक सुनिएका थापाले आफ्नो विगतको संघर्षको समेत स्मरण गराए ।

    ‘सत्तासँग लड्दा घाउ कसरी लाग्छ भन्ने लामो अनुभव गरेर आएको छु । हजारौँ मानिसहरुले नारा लगाउँदै गर्दा एक्लै राजद्रोहको मुद्दा खेपेर आएको हुँ । घाउ कसरी लाग्छ राम्रोसँग थाहा पाएर आएको छु,’ उनले भने, अख्तियारको शक्तिशाली प्रमुखदेखि प्रधानन्यायाधीशसम्म लडेर आएको हुँ । शक्तिशाली नेपाल कम्युनिस्ट पार्टीको सरकारसँग लडेर आएको हुँ । र त्यो बेला एक्लै कुनैकुनै बेला घाउ पनि खाएर आएको हुँ ।

  • २० जेष्ठ २०८१, आईतवार १३:४४ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images