गगनले संसदीय समितिलाई भने : सहकारी ठगीमा गृहमन्त्री र महान्यायाधिवक्तासँग बयान लिनू
  • CIA Khabar

  • काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सहकारी संस्थाहरूको बचत रकम अपचलनबारेमा छानबिन गर्न गठित संसदीय समितिलाई उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको बयान लिन सुझाव दिएका छन् ।

    आइतबार प्रतिनिधिसभा बैठकको बिशेष समयमा उनले संसदीय छानबिन समितिको कार्यक्षेत्रमा नाम राख्न नसकिए पनि लामिछानेदेखि महान्यायाधिवक्ता दीनमणि पोखरेललाई पनि बयानका लागि बोलाउनुपर्ने बताएका छन् ।

    विभिन्न सहकारी संस्थाहरूबाट गोर्खा मिडियामा गएको रकम गैरकानुनी रहेको भन्दै यसमा संलग्न सबैलाई बयान लिनुपर्नेमा थापाले जोड दिए ।

    उनले संसदीय समितिले कानुन बमोजिम कारबाहीको सिफारिस गर्ने पनि बताए ।

    थापाले देशको सूचना बेच्ने मान्छेहरू सदनमै रहेको भन्दै गृहमन्त्री लामिछानेले आफूबारे दिएको अभिव्यक्तिबारे प्रधानमन्त्रीले जवाफ दिनुपर्ने बताए ।

    त्यस्तै उनले सदनमा प्रस्तुत भएको गृहमन्त्री लामिछानेको गैरजिम्मेवारपूर्ण अभिव्यक्ति रेकर्डबाट हटाउन पनि माग गरेका छन् ।

  • २० जेष्ठ २०८१, आईतवार १४:१४ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images