सहकारी ठगहरूलाई कारबाही नगरेमा लोकतन्त्र र गणतन्त्रको कुनै औचित्य छैन : अध्यक्ष केसी
  • CIA Khabar

  • काठमाडौँ — राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सहकारी ठगहरुलाई कारबाही नगरेमा लोकतन्त्र र गणतन्त्रको कुनै औचित्य नभएको बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै अध्यक्ष केसीले सहकारी ठगहरुलाई जोगाएमा गणतन्त्र र लोकतन्त्रको कुनै औचित्य नभएको बताएका हुन् ।

    छानबिनका लागि बनाएको संसदीय समितिले पनि दोषीलाई उम्काउने देखिएको भन्दै ‘दूधको दूध, ‘पानीको पानी,’ हुनेगरी छानबिन गर्नुपर्ने अध्यक्ष केसीको भनाइ छ । राज्यसत्ताको निर्णायक तहमा बसेको व्यक्तिले नै संसद्को रोस्ट्रमबाट बोलेर अरुलाई दोषि देखाएर आफ्नो कर्तुत जोगाउन लागेको उनले बताए ।

    केसीको भनाइ

    ‘जिम्मेवार ठाउँमा बसेका मान्छेले नै लाजमर्ने किसिमले रोष्टमबाटै तँ पनि फलानोमा परेको छस् भनेर आफ्नो कर्तुतलाई जोगाउने । त्यहाँबाट उम्काउने र राज्यसत्तामा निर्णायक तहमा बसेका मान्छेहरुले जुनखालको गतिविधि देखियो यसले के बुझिन्छ भने यो समितिले पनि पहिलेका समितिलेझैँ सहकारीबाट ठगिएका जनतालाई माछो माछो भ्यागुतो गराउँछन् भन्ने कुरामा स्वयं सहकारीबाट ठगिएका जनताले त्यही बुझिराखेका छन् । म सरकारलाई भन्छु सहकारी ठगहरुलाई जसरी जोगाउने काम भयो अहिले पनि सरकार जोगाउने नाममा सहकारीमा किटानी साथ नेपाली जनताले संसद्‍मा उठाएको आवाजलाई दबाउने हो भने यो गणतन्त्र, लोकतन्त्रको कुनै औचित्य नभएको कुरा नेपाली जनताले महसुस गरेका छन् । तथ्य दूधको दूध, पानीको पानी हुनेगरी ठगहरूलाई जनताले देख्नेगरी कारबाही गरोस् ।’

  • २० जेष्ठ २०८१, आईतवार १४:२२ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images