चार दलले मधेसका मुख्यमन्त्रीलाई हटाउन प्रदेश प्रमुखसँग माग गर्दै
  • CIA Khabar

  • जनकपुरधाम– मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई पदबाट हटाउन माग गर्दै सत्ता गठबन्धन दलले प्रदेश प्रमुखलाई ज्ञापन पत्र बुझाउने भएको छ ।

    जनमत पार्टीको नेतृत्वमा नयाँ मधेस सरकार बनाउने सहमति भएसँगै नेकपा एमाले, नेकपा माओवादी केन्द्र र लोकतान्त्रिक समाजवादी पार्टीले अल्पमतमा परिसकेकाले मुख्यमन्त्री यादवलाई पदबाट हटाउन प्रदेश प्रमुख सुमित्रा भण्डारीसमक्ष ज्ञापन पत्र बुझाउन लागेका हुन् ।

    आइतबार नै प्रदेश प्रमुख भण्डारीसमक्ष ज्ञापन पत्र बुझाइन लागिएको जनमत पार्टीका केन्द्रीय सचिव बीपी साहले जानकारी दिए ।

    ‘अल्पमतमा परिसकेका मुख्यमन्त्रीले दीर्घकालीन निर्णयहरू नगर्न र पञ्चवर्षीय योजना र आगामी आर्थिक वर्षको बजेट आउनपूर्व नै राजीनामा गरेर बाटो खोलिदिन आग्रहसहित प्रदेश प्रमुखसमक्ष ज्ञापन पत्र बुझाउँदैछौँ’, साहले खबरहबलाई भने ।

     

  • २० जेष्ठ २०८१, आईतवार १५:२२ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images