दुर्गा प्रसाईं पक्राउ – काठमाण्डौं जिल्ला अदालत पेश
  • CIA Khabar

  • काठमाडौँ — मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई नेपाल प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको छ । ब्युरोले उनलाई आइतबार दिउँसो भक्तपुरस्थित निवासबाट पक्राउ गरी जिल्ला अदालत काठमाण्डौंमा पेश गरेको छ ।
    प्रसाईंलाई उनको घरैबाट पक्राउ गरिएको साइबर ब्युरोका प्रमुख डीआईजी नवीन्द अर्यालले जानकारी दिए । उनका अनुसार प्रसाईंविरुद्ध ब्युरोमा एक महिलाले साइबर अपराध सम्बन्धी उजुरी दिएकी छिन् । प्रसाईंविरुद्ध काठमाडौं जिल्ला अदालतले गत बुधबार विद्युतीय कारोबार ऐनको व्यवस्थाबमोजिम पक्राउ पुर्जी जारी गरेको थियो । ’हामी अनुसन्धानकै क्रममा छौँ । अहिले यसबारे थप विवरण खुलाउन मिल्दैन,’ डीआईजी अर्यालले भने ।
    उनका अनुसार प्रसाईंलाई म्याद थपका लागि काठमाडौं अदालतमा उपस्थित गराइएको छ । अदालतले प्रसाईंसँगै जीवन पाण्डे र प्रकाशचन्द्र दाहालविरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको थियो ।

  • ६ आश्विन २०८१, आईतवार १८:५० प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images