सरकारले विकासमा तीव्रता दिनुपर्छ : शेखर कोइराला
  • CIA Khabar

  • प्रतिनिधिसभा सासंद तथा नेपाली कांग्रेसका नेता शेखर कोइराला काठमाडौँमा बुधबार नेपाल वित्तीय संस्था कर्मचारी सङ्घ नेपाल बैंक लिमिटेड केन्द्रीय समितिको दशौँ केन्द्रीय अधिवेशनमा मन्तव्य व्यक्त गर्दै । तस्बिरः हरिराम भेटुवालररासस

    विराटनगर– नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले वर्तमान सरकारले विकासमा तीव्रता दिनुपर्ने बताएका छन्  ।

    नेपाल प्रेस युनियन मोरङ शाखाद्वारा बिहिबार आयोजित पत्रकार भेटघाटमा उनले मुलुकमा राजनीतिक स्थिरता कायम गर्न बनेको सरकारप्रति जनताको आशा र भरोसा रहेको उल्लेख गरे।

    उनले सरकारसँग कम समय भएकाले जनताका चासो र विकासमा तीव्रता दिनुपर्ने धारणा राखे। मुलुकका केही ठूला दलले प्रदेश संरचनालाई बलियो बनाउन नचाहेको उनको भनाइ थियो ।

    नेता कोइरालाले मुलुकको समग्र विकासका लागि सङ्घीयता आवश्यक रहेको बताउँदै सङ्घीयतालाई बलियो बनाउन प्रदेशलाई अधिकार दिनुपर्ने धारणा राखे ।

    दल विभाजन ऐन सरकारको प्राथमिकतामा नरहेको उनले स्पष्ट पारे। नेपालको परराष्ट्र नीतिमा एकरूपता हुनुपर्ने उनको धारणा थियो ।

  • ८ कार्तिक २०८१, बिहीबार १३:३० प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images