एमाले जग्गा विवाद स् न्यायाधीशद्वय प्रधान र मुसलमानको इजलासमा पेसी
  • CIA Khabar

  • काठमाडौं– व्यवसायी एवं भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङले नेकपा एमालेलाई दिएको जग्गाविरुद्ध परेको रिटको पेसी न्यायाधीशद्वय सपना प्रधान मल्ल र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासमा तोकिएको छ ।

    एमालेले गुरुङबाट जग्गा दान लिएको विषय कानुनविपरीत भएको भन्दै अधिवक्ता ज्ञानबहादुर बस्नेतले भवन निर्माणसमेत रोक्न माग गर्दै सर्वोच्चमा रिट हालेका थिए ।

    उक्त रिटको पहिलो सुनुवाइ कात्तिक १२ गते भएको थियो । जसमा न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले जग्गादानविरुद्ध अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।

  • ४ मंसिर २०८१, मंगलवार १२:०४ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images