सुशासनका पक्षमा सबै एकताबद्ध हुन जरुरी छ : अध्यक्ष दाहाल
  • CIA Khabar

  • काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय एकताको भावनालाई केन्द्रबिन्दुमा राखेर सुशासनका पक्षमा सबै एकताबद्ध हुन जरुरी रहेको बताएका छन् ।

    आज आयोजित नेपाल पत्रकार महासङ्घ काठमाडौं शाखाको नवनिर्वाचित कार्यसमितिको पद हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले भने, ‘अहिलेको युग सूचनाको युग हो । प्रविधिको विकासले यस क्षेत्रमा धेरै अवसर र चुनौती ल्याएको छ, त्यसतर्फ सञ्चारकर्मी सचेत हुन जरुरी छ ।’

    अहिलेको युग सूचनाको युग भएकाले यसले ल्याएका अवसर र चुनौतीसँग सामना गर्ने कुरा सजिलो नभएको उनको भनाइ थियो ।

    निष्पक्ष पत्रकारिताका लागि खबरदारी गर्न अध्यक्ष दाहालले महासङ्घलाई आग्रह गरे । भ्रष्टाचारका विषयमा एक अर्कालाई दोषारोपण गर्नुभन्दा निष्पक्षरुपमा छानबिन गर्नुपर्नेमा उनले जोड दिए । ‘इमानदारीताका साथ अनुसन्धान गर्नु जरुरी छ’, उनले भने ।

    नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले भ्रष्टाचार छानबिन गर्न पूर्व प्रधानन्यायाधीशको संयोजकत्वमा शक्तिशाली समिति बनाउन आग्रह गरे । ‘एउटाले अर्कोलाई दोष लगाउने काम राम्रो होइन । एउटा निश्चित मापदण्ड र निश्चित मानक बनाएर भ्रष्टाचार छानबिनमा जोड दिनुपर्छ’, उनले भने ।

    कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता एवं संसदीय दलका मुख्य सचेतक महेशकुमार बर्ताैलाले राजनीतिक नेतृत्वले समाजमा जहिले पनि सकारात्मक सन्देश सम्प्रेषण गर्नुपर्ने बताए ।

  • १९ पुष २०८१, शुक्रबार १८:४० प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images