कांग्रेस नेता शेखर कोइरालाले बेलायतको संसदमा सम्बोधन गर्ने
  • CIA Khabar

  • काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बेलायतको संसद (वेस्ट मिनिस्टर) मा सम्बोधन गर्ने भएका छन् ।

    उनले पुस २९ गते संसद भवनमा आयोजना गरिने एक विशेष कार्यक्रममा सम्बोधन गर्ने बताइएको छ । उक्त कार्यक्रममा बेलायतका एसिया मामिला हेर्ने विदेश राज्यमन्त्री, उद्योग, व्यापार तथा वाणिज्य मन्त्रीका साथै बेलायती सांसदहरूको उपस्थिति रहने छ ।

    नेता कोइराला बेलायतको एसिया मामला हेर्ने विदेश राज्यमन्त्री क्याथराईन वेष्ट र उद्योग व्यापार वाणिज्य मन्त्री ग्यारेथ थोमसको निमन्त्रणामा पुस २५ गते त्यसतर्फ जाँदै छन् ।

    बेलायतको संसद भवन भित्र त्यहाँका मन्त्री र सांसदलाई सम्बोधनको अवसर पाउने डा. कोइराला पहिलो नेपाली नेता हुनेछन् ।

  • २० पुष २०८१, शनिबार १०:५५ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images