क्याम्ब्रिजका वैज्ञानिकहरु भन्छन्– पृथ्वीबाट ७ हजार खर्ब माइल टाढाको ग्रहमा जीवन हुनसक्छ
  • CIA Khabar

  • काठमाडौं– वैज्ञानिकहरुले ब्रम्हाण्डमा जीवन रहेको हुनसक्ने नयाँ ग्रह पत्ता लगाएका छन् । क्याम्ब्रिज विश्वविद्यालयका वैज्ञानिकहरुले अर्कै ताराको परिक्रमा गर्ने ग्रहमा जीवन रहेको हुनसक्ने प्रयोगात्मक प्रमाण फेला पारेका हुन् ।

    नासाको जेम्स वेब टेलिस्कोपले के२–१८बी नामक ग्रहको वायुमण्डलमा पृथ्वीमा सामान्य जीवले मात्रै उत्पादन गर्नसक्ने रसायनको नमूना फेला पारेका छन् । यद्यपि उक्त ग्रहमा जीवन रहेको यकिन गर्न भने अझै केही समय लाग्ने बीबीसीले जनाएको छ ।

    यस ग्रह पृथ्वीभन्दा अढाई गुणा ठूलो छ भने पृथ्वीबाट ७ हजार खर्ब माइल टाढा छ । यसले सानो र रातो ताराको परिक्रमा गर्छ ।

    यस ग्रहको वायुमण्डलमा डाइमेथाइल सल्फाइड र डाइमेथाइल डाइसल्फाइडमध्ये एउटा रयासन रहेको क्याम्ब्रिजका वैज्ञानिकको निष्कर्ष छ । पृथ्वीमा यी ग्यासहरु समुद्रमा पाइने फाइटोप्लान्कटोन र ब्याक्टेरियाले मात्रै उत्पादन गर्न सक्ने बीबीसीले उल्लेख गरेको छ ।

  • ४ बैशाख २०८२, बिहीबार १३:२४ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images