‘रोटरी सामाजिक पत्रकारिता पुरस्कार–२०२०’ पत्रकार पौडेललाई
  • CIA Khabar

  • बुटवल । बुटवल सामाजिक सेवामा समर्पित हुँदै आएको रुपन्देहीको तिलोत्तमा स्थित रोटरी क्लब अफ रुपन्देहीले यसै वर्ष बाट प्रदान गर्ने भनिएको ‘रोटरी सामाजिक पत्रकारिता पुरस्कार–२०२०’ बाट कान्तिपुर दैनिकमा कार्यरत पत्रकार यूवा संञ्जु पौडेल लाई पुरस्कृत तथा सम्मानित गर्ने भएको छ ।

    ९ वर्ष अघि तिलोत्तमा नगरमा स्थापना भएको यस क्लवले प्रदान गर्ने सामाजिक पत्रकारिता पुरस्कारबाट सम्मानित हुने उनि पहिलो पत्रकार रहेको समेत क्लवका अध्यक्ष भूसालले बताए । उनले भने, म आफै पनि बिगत १० बर्ष देखि संचार क्षेत्रसंग आवद्ध रहेको र सामाजिक संघ संस्थाहरुका गतिबिधीहरु संचारकर्मीहरुलेनै आम जनमानसमा सहजै पुरुयाउन महत्वपूर्ण भुमीका खेल्ने हुदा आफ्नै कार्यकालमा सामाजिक पत्रकारीता पुरस्कार स्थाना गर्ने सोच अनुरुपनै स्थापना गरेको समेत बताए । पुरस्कार क्लबका वर्तमान अध्यक्ष गौतम भुसालले आफ्ना स्वर्गिय हजुरबुवा–हजुरआमाको स्मृतिमा स्थापना गरेका हुन ।

    रुपन्देहीमा रहेर सामाजिक क्षेत्रमा सक्रिय रुपमा कलम चलाउने पत्रकारलाई सम्मान तथा हौषला प्रदानगर्ने उद्देश्यले स्थापित यस पुरस्कारले पत्रकारिताका माध्यामबाट समाज परिवर्तन र विकासमा पुर्याउनु भएको योग्दानको उच्च मूल्यांकन गर्दै नगद रु ५ हजार ५ सय ५५ ९५,५,५५० सम्मान पत्र र दोसल्ला सहित पुरस्कृत तथा सम्मानीत गरिने पुरस्कार छनोट समितीका संयोजक बिष्णु पौडेलले बताए ।

    आजकै दिनमा बिशेष कार्यक्रम गरि प्रदान गरिने यो पुरस्कार कोरोना संक्रमणका कारण सिर्जित निषेद्याज्ञा र असहज परिस्थितिका कारण आजैको मितिमा बिशेष कार्यक्रम गरि प्रदान गर्न नसकिएता पनि आजनै घोषणा गरि परिस्थिति सामान्य र सहज भएपश्चात प्रदान गरिने क्वले जनाएको छ । यसै बर्ष देखि सुरुवात भएको यो पुरस्कार ‘विश्व स्वतन्त्र पत्रकारिता दिवस’को अवसरमा क्ल्वका तर्फबाट हरेक वर्ष एक जना पत्रकारलाई प्रदान गरिने क्लवले बताएको छ ।

  • २० बैशाख २०७८, सोमबार १८:१४ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images