नेपाल भेटेरिनरी एशोसिएसनको अध्यक्षमा डा. केदार सुवेदी र महासचिवमा डा. शंकर न्यौपाने निर्वाचित
  • CIA Khabar

  • काठमाडौं ।नेपाल भेटेरिनरी एशोसिएसनको अध्यक्षमा डा. केदार सुवेदी निर्वाचित भएका छन् । ७१२ मतदाता रहेकामा अध्यक्ष पदका लागि भएको निर्वाचनमा उनले ३०३ मत प्राप्त गरे । एसोसिएसनको महासचिवमा निर्वाचित डा. शंकर न्यौपाने ३४१ मत प्राप्त गरेका छ्न । निजि क्षेत्रमा कार्यरत सुबेदी निबर्तमान महासचिव हुन् भने सरकारि सेवामा कार्यरत डा. न्यौपाने निबर्तमान सचिव । १६०० जना भन्दा बढी पशु चिकित्सकहरु सदस्य रहेको पेशागत साझा संगठन स्थापना भएको करिव ६० बर्ष भएको छ।

    काठमाडौंमा सम्पन्न निर्वाचनमा सुवेदीले आफ्नो निकटतम प्रतिस्पर्धी डा. केदारराज पाण्डेलाई पराजित गरे ।
    कोषाध्यक्षमा डा. विकास श्रेष्ठ निर्वाचित भएका छन् । सदस्यहरुमा डा. गणेश रानाभाट, डा. सुशीलकुमार राय, डा. नवीन पन्थी, डा. साधना घिमिरे, डा. शरद नरसिंह अमात्य र डा. दिनेश अर्याल निर्वाचित भएका छन् ।

    उपदक्ष्यमा डा. राजेन्द्र यादब, सचिब पदमा डा. बिशाल पोख्रेल र प्रधान सम्पादक पदमा डा. हिमाल लुइटेल भने निर्बिरोध निर्वाचित भएका थिए ।
    एशोसिएसनको निर्वाचन हरेक दुई बर्षमा हुने गरेको छ ।
    पेशागत संस्था एबम सबैको उदेश्य र एजेन्डा एक भएकाले पेशागत मर्यादा र सम्मान उच्च पार्दै नितिगत सुधार र पेशागत रुपान्तरणमा सबैको साथ सहयोगमा एसोसिएसन अगाडि बढाउने निर्वाचित कार्यसमितिले जनाएको छ।

  • २४ जेष्ठ २०८२, शुक्रबार १२:२७ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images