सशस्त्र प्रहरीद्वारा ठुलो मात्रामा अवैध लत्ताकपडा बरामद
  • CIA Khabar

  • काठमाडौं । सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीको विशेष सूचनाको आधारमा धनुषा  जिल्ला धनौजी गाउँपालिका–१ लखौरी सीमा इलाका नजिकैबाट सशस्त्र प्रहरी बल नेपाल र भन्सार कार्यालय जनकपुरको सन्युक्त टोलिले अवैध लत्ताकपडा बरामद गरेको छ । भारतबाट भन्सार छली गरी लुकाइछिपाइ नेपालतर्फ ल्याउँदै गरेको १५ लाख बराबरको कपडा बरामद गरि जनकपुर भन्सार कार्यालयमा बुझाएको छ ।

    सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनीका बाहिनीपति कृष्ण ढकालले सशस्त्र प्रहरी बललाई सीमाक्षेत्रमा थप सतर्क र सक्रिय रहन निर्देशन दिए । उनी हाजिर भए पन्चायत सशस्त्र प्रहरीले सीमा क्षेत्रमा सक्रिय रुपमा आफ्नो गतिविधि बढाएको छ । सशस्त्र प्रहरी बललाई करछली, तस्करी, अपराधिक, गिरोह र अवैध क्रियाकलापहरु विरुद्ध शून्य सहनशीलताको नीति लागु गर्न निर्देशन दिएका छन् । अपराध नियन्त्रणमा कुनै राजनीति वा सामाजिक दबाब नमान्ने समेत उनले बताए ।

  • २४ जेष्ठ २०८२, शुक्रबार २१:५१ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images