संसद् गतिरोध अन्त्य गर्न प्रचण्डद्वारा विपक्षी दलहरूको बैठक आह्वान
  • CIA Khabar

  • २५ जेठ, काठमाडौं ।
    प्रतिनिधि सभामा जारी गतिरोध अन्त्य गर्न पहलस्वरूप नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रमुख प्रतिपक्षी नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विपक्षी दलहरूको बैठक आह्वान गरेका छन्।

    प्रतिनिधि सभाको बैठक नियमित कार्यसूचीमा प्रवेश गर्न नसकेको अवस्था कायमै रहेको बेला प्रचण्डले विपक्षी दलहरूसँग परामर्श गर्न बैठक डाकेका हुन्। बैठक आइतबार दिउँसो १२ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ। माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले उक्त जानकारी दिएका छन्।

    बैठकमा हाल चर्चाको केन्द्रमा रहेको भिजिट भिसा प्रकरणको छानबिनका लागि संसदीय समिति गठनको माग, तथा त्यसका कारण प्रभावित भएको संसद् बैठकबारे गम्भीर छलफल हुने बताइएको छ।

    विपक्षी दलहरूले निरन्तर रूपमा छानबिन समिति गठनको माग गरिरहेका छन्, तर सत्तापक्षले सो प्रस्तावमा सहमति जनाएको छैन। यही विषय प्रवेशसँगै गत जेठ १३ गतेदेखि प्रतिनिधि सभाको बैठक अवरुद्ध हुँदै आएको छ।

    जेठ १५ गते बजेट प्रस्तुतिका लागि विपक्षी दलहरूले संसद् अवरुद्ध गरेनन्। तर, त्यसयता बजेटमाथिको छलफल अगाडि बढ्न सकेको छैन।

    शनिबार मात्रै प्रचण्डले सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका थिए। सो भेटमा संसद् गतिरोध अन्त्यका उपायहरूबारे विचारविमर्श भएको थियो।
    प्रचण्डले उक्त भेटमा भएका छलफलहरू समेत विपक्षी दलहरूलाई ब्रिफिङ गर्ने कार्यक्रम रहेको स्रोतले जनाएको छ।

  • २६ जेष्ठ २०८२, आईतवार १०:२८ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images