भिजिट भिसा प्रकरणमा माओवादीसँगको सहमति नै पर्याप्त : एमाले प्रमुख सचेतक बर्तौला
  • CIA Khabar

  • काठमाडौं – नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले भिजिट भिसा प्रकरणको छानबिनका लागि माओवादीसँग भएको सहमति नै पर्याप्त रहेको बताएका छन्।

    शुक्रवार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले प्रमुख प्रतिपक्षीसँग सहमति भइसकेको अवस्थामा अन्य दलसँग सहमति आवश्यक नरहेको स्पष्ट पारे। बर्तौलाले माओवादी केन्द्रसँग भएको समझदारी अनुसारै छानबिन प्रक्रिया अघि बढ्ने भन्दै सरकारले दल वा व्यक्तिपिच्छे सम्झौता गर्दै हिँड्न नहुने धारणा राखे।

    “संसदीय प्रणालीमा प्रमुख प्रतिपक्षीको भूमिका महत्वपूर्ण हुन्छ, त्यसैले माओवादीसँगको समझदारी नै सदन सञ्चालनको आधार बनेको हो,” उनले भने।

    यसै क्रममा उनले रास्वपाले उठाएका विषयहरू समाधान गर्न सरकारले पहिले नै प्रतिबद्धता जनाइसकेको बताए। यस्तो अवस्थामा रास्वपाका सांसदहरूले नीलो रिबन र कालो लुगा लगाएर प्रदर्शन गर्नु उपयुक्त नभएको उनको भनाइ छ।

    बर्तौलाले रास्वपाका सांसदहरूको शैलीले संसदीय मर्यादा विपरीत भएको टिप्पणी गर्दै त्यसबाट अन्ततः रास्वपा स्वयंलाई नै नोक्सान हुने तर्क गरे।

  • ८ असार २०८२, आईतवार १५:०५ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images