लिड्स – भारतले इङ्ग्ल्यान्डविरुद्ध जारी पहिलो टेस्टमा जितका लागि ३७१ रनको लक्ष्य दिएको छ। सोमबार सम्पन्न खेलको चौथो दिनको समाप्तिसम्म इङ्ग्ल्यान्डले कुनै विकेट नगुमाई २१ रन बनाएको छ। अब जितका लागि उसलाई थप ३५० रन आवश्यक छ।
भारतले यसअघि ३५० रनभन्दा बढीको लक्ष्य दिएर एकपटक मात्र पराजय भोगेको थियो। त्यो घटना तीन वर्षअघि इङ्ग्ल्यान्डविरुद्ध नै भएको थियो, जब इङ्ग्ल्यान्डले ३७८ रनको लक्ष्य ३ विकेटको क्षतिमा पूरा गरेको थियो।
भारतका लागि दोस्रो इनिङ्समा केएल राहुलले १३७ तथा ऋषभ पन्तले ११८ रनको उत्कृष्ट प्रदर्शन गरे। ३३३ रनमा पाँचौँ विकेटका रूपमा राहुल आउट भएपछि भारतले ३६४ रनमा सम्पूर्ण विकेट गुमायो।
राहुलले ५८ रनको अवस्थामा पहिलोपटक जीवनदान पाएका थिए। उनले आफ्नो शतकीय पारीमा तीनपटक क्याच छुटाएका थिए। भारतले चौथो दिनको पहिलो सत्रमा ६३ रन मात्र जोडेको थियो भने दोस्रो सत्रमा आक्रामक ब्याटिङ गरेको थियो।
अब अन्तिम दिन भारतलाई जितका लागि १० विकेट चाहिएको छ भने इङ्ग्ल्यान्डलाई ऐतिहासिक लक्ष्य पछ्याउँदै श्रृंखला सुरुवात जितले गर्नुपर्ने चुनौती छ।