कांग्रेसको निष्कर्ष- अहिलेलाई एमालेसँगको गठबन्धनको विकल्प छैन
  • CIA Khabar

  • काठमाडौं- नेपाली कांग्रेसले नेकपा एमालेसँगको गठबन्धनको अर्को विकल्प नरहेको निष्कर्ष निकालेको छ ।

    दुई दिनदेखि जारी केन्द्रीय कार्यसमिति बैठकको निष्कर्ष सुनाउँदै प्रवक्ता डा. प्रकाशशरण महतले एमालेसँगको गठबन्धनको विकल्प नरहेको बताएका हुन् ।

    विभिन्न खालका सत्तासमीकरणको परीक्षण भइसकेको बताउँदै महतले कसैको बहुमत नभएमा धेरै विकल्प खोज्न नहुनेमा आफूहरू रहेको पनि बताएका छन् ।

    ‘गठबन्धनबारेमा समग्रमा अब धेरै विकल्प हामीसँग छैन, कसैको बहुमत छैन । विभिन्न खाले परीक्षण भइसक्यो सत्ता समीकरणको,’ महतले मंगलबार सानेपामा भने।

    गठबन्धन भन्नेबित्तिकै सबैकुरा आफूले भनेको जस्तो नहुने पनि उनको तर्क थियो । अहिले कांग्रेसभित्र गठबन्धनबारे प्रतिकूल विचार केही नआएको उनले बताए । सरकारमा सहभागी मन्त्रीहरूको डेलिभरी अझ राम्रो हुनुपर्ने बताउँदै उनले त्यसका लागि राम्रो काम गर्नुपर्ने उल्लेख गरेका छन् ।

  • १८ असार २०८२, बुधबार ०५:३५ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images